about-us

खस्यौली एफ. एम. ९१.८ परिचय
शहरी क्षेत्रमा सचना तथा मनोरञ्जनका लागी विभिन्न साधनहरु उपलव्ध हुने गरेतापनि, गा्रमिण क्षेत्रमा सुचना तथा मनोरञ्जनको साधन भनेकै रेडियो नै हो । देश राजनितिक संक्रमणबाट गुज्रिरहेको अवस्थामा नागरिकहरुमा नैरास्यता ब्याप्त छ । नागरिकमा खुसियाली भन्दा पनि पिडा, चिन्ता र राजनितिप्रति विश्वास हराउंदै गएको छ । यो अवस्थामा नागरिकमा रहेको नैरास्यतालाई केहि हदसम्म भएपनि बिर्साएर सुसुचित गर्दै संगीत र हांस्यब्यङ्गयका खुराक सुनाएर भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र बुटवलमा सुचना तथा मनोरञ्जन संगित,हांस्यब्यङ्गय लाई मुख्य प्राथमिकतामा राखेर खस्यौली इन्टरटेन्मेन्ट प्रा.लिले खस्यौली एफ.एम. संचालन गरेको हो ।


 खस्यौली एफ. एम. ९१.८ नै किन त !

  1.  लोडसेडिङको मारबाट मुक्त रेडियो अर्थात् सोलार सिस्टम जडित रेडियो
  2.  सुचना, संगित, हांस्यब्यङ्ग  तथा सत्य तथ्य समाचार प्रसारण हुने रेडियो
  3. पश्चिमाञ्चल क्षेत्रमै पहिलो पटक High gain dipole प्रयोग गरिएको रेडियो
  4. नेपाल टेलिभिजनका चर्चित हांस्य कार्यक्रम तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकारका   हांस्य कार्यक्रम प्रसारण हुने
  5. “लगानी गरिसके पछि त्यसको प्रतिफल आफ्ना कार्यक्रम प्रायोजक र विज्ञापनदाताले पाउनुपर्छ” भन्ने विज्ञापन सम्बन्धि अवधारणा अनुरुप हरेक हप्ता खस्यौली एफ. एम. का बिज्ञापनलाई मुख्य प्रश्न बनाई प्रत्यक्ष श्रोतासंग quiz कार्यक्रम सञ्चालन गरिने
  6. खस्यौली एफ.एम.९१.८ बाट संचालित कार्यक्रमहरु लुम्बिनी अंचलका सम्पुर्ण जिल्लाहरु तथा यस अंचलका आसपासका क्षेत्रहरुमा समेत सुन्न सकिने
  7. समाजसंग प्रत्यक्ष सरोकार राख्ने बिषय तरकारीको बजार भाउ, बुटवलबाट बसहरु छुट्ने समय, जरुरी फोन नं, सुनचांदि तथा बिदेशि मुद्राका दर रेट, सडक अपडेट सम्बन्धि कार्यक्रम
  8. परिक्षण प्रसारण समयदेखि नै इन्टरनेटबाट नै बिश्वभरि प्रसारण सुन्न सकिने