शाहरुखले आफु मरेको दृष्य देखाउँदैनन् छोरा छोरीलाई

बलिउड बादशाह शाहरुख खानले अहिलेसम्म आफ्ना छोराछोरीलाई ‘कल हो ना हो’ को क्लाईमेक्स देखाएका छैनन् । यो जानकारी उनले ट्वीटर मार्फत दिएका हुन् ।

उनले लेखेका छन् ‘मैले कहिल्यै आफ्ना बच्चालाई ‘कल हो ना हो’ को अन्तिम दृष्य देखाएको छैन ।’ खासमा निर्माता करण जौहरले पनि यसको क्लाइमेक्स शाहरुखलाई नमारीकनै बनाउने निर्णय गरेका थिए । तर, पछि शाहरुखलाई मरेकै देखाउने निर्णय भएको थियो । फिल्म रिलिज भएपछि शाहरुखको एक फ्यानले शाहरुखलाई एउटा भिडियो पठाए । उक्त भिडियोमा एउटी वालिका ‘कल हो ना हो’ हेरेर रोईरहेकी थिईन् । फ्यानले शाहरुखलाई प्रश्न पनि गरेका थिए । के तपाईले यो भिडियो हेर्नु भएको छ ?कल हो ना हो सन २००३ को सुपरहिट रोमान्टिक कमेडी फिल्म हो । निर्देशन गरेका थिए निखिल आडबानीले । फिल्ममा हरुखले क्यान्सरले ग्रष्त अमन माथुरको भुमिका निर्वाह गरेका थिए । जसको अन्तिममा मृत्यु हुन्थ्यो । शाहरुखको अतिरिक्त पि्रती जिन्टा,शा सेफ अलि खान, जया बच्चन लगायतले अभिनय गरेका थिए ।