पाल्पाली सुमन उदयले युएई बाट सार्बजनिक गरे राष्ट्र समर्पित गित (भिडियो सहित)

नेपालले नया संबिधान पाएको खुशी देश बिदेशमा खुशियाली मनाउनेक्रममा युएईमा  रहेका नेपाली संगीतकर्मी सुमन उदयले रास्ट्रिय एकताको सन्देशमा गित तयार गरेर सार्बजनिक गरेका छन |

संबिधान बने पछी नेपालीको राष्ट्रियतालाई उर्जागारण गर्न एकाबद्धको शन्देश दिन गीत तयार भएको  गायक सुमन उदयले बताए |

राष्ट्र, राष्ट्रवाद र राष्ट्रियताका  फराकिला, गहकिला र बोझिला शब्दहरू गायक आफैले शब्द तयार गरेका हुन | गीतमा बर्ग समुदाय धर्म सस्कृतिलाई पनि मार्मिक रुपमा प्रस्तुति गरिएको छ |  अनिल पख्रिमले संगीत रहेको गीतलाई नेपाली रास्ट्रिय सम्पदा नेपाली मनोरम दृश्य सहितको  कलात्मकता भिडियो सम्पादन परिकल्पना सुदिप श्रेष्ठले गरेको छन |

तराइ पहाडी अनि हिमालि

यो मन जहाँ भए पनि सधै सधै नेपाली ,

 हो सधै नेपाली, नेपाली सधै नेपाली

न त म मधेशीलाई चिन्छु न त पहाडी ,

न त म   मुशलमान नै देख्छु  त  हिन्दु नै

म त केबाल नेपाली हु अनि सबै नेपाली देख्छु

के हो जात के हो धर्म हुने हो की फेरी घात 

न टुक्काउ न मर म त केवल नेपाली नेपाली

म त केवल नेपाली नेपाली ,  नेपाली नेपाली नेपाली

म त केवल नेपाली नेपाली ,  म त केवल नेपाली नेपली