आउँदो आईतवार हिरोइन रिमा विश्वकर्माको विहे हुँदै

अत्यन्त गोप्य तयारी पश्चात हिरोइन रिमा विश्वकर्माको विहे हुन लागेको खबर प्राप्त भएको छ । प्राप्त एक्सक्लुसिभ खबर अनुसार रिमाको विहे आउँदो आईतवार होटल ह्यात रिजेन्सीबाट हुँदैछ । उनको हुनेवाला श्रीमान ईङग्लयाण्डका एन.आर.एन हुन जसले म्याथम्याटिक्समा डिग्री समेत गरेका छन् । विवाहको तयारीका लागि होटल ह्यातको बुकिङ पनि भईसकेको श्रोतले जानकारी दिएको छ । श्रोतको भनाई अनुसार रिमाको हुनेवाला श्रीमानको नाम रोव विश्वकर्मा हो । श्रोतका अनुसार उनीहरुको छोटो समयको प्रेम चक्कर पश्चात विवाह हुन लागेको हो । सम्भावनाकी खानी रिमा टेलिभिजन पत्रकारिताबाट मोडलिङमा प्रवेश गर्दै स्वर फिल्मबाट हिरोइन भएकी हुन । स्मार्ट र ट्यालेन्ट दुवैकी गुणकी धनी रिमाको केही दिन अघि गोप्य रुपमा ईन्गेजमेन्ट भएको थियो । बुझिए अनुसार विवाह पश्चात पनि रिमाले रंगीन दुनियाको करिअरलाई निरन्तरता दिने छिन् ।