भ्यू सिनेमाज मा " एभरेष्ट "

असोज ७, बुटवल

नेपालमा खिचिएको हलिउड चलचित्र ‘एभरेष्ट’को असोज ८ देखी बुटवल लगायत देशै भरी  सार्वजनिक हुँदैछ । यो चलचित्रमा नेपालका रमणीय स्थानलाई खिचिएको छ । काठमाण्डौदेखि विश्वकै उच्च स्थान सगरमाथाको चुचुरोसम्मलाई चलचित्रमा कैद गरिएको छ । चलचित्रको ट्रेलरमा नेपालका यी आकर्षक स्थानलाई लोभलाग्दो तबरले फिचरिङ गरिएको छ । यूनिभर्सले पिक्चर्सले निर्माण गरेको यो चलचित्रले सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकी आरोहीहरुको कथालाई उठान गरेको छ । बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय नेपाली शेर्पा हरु को अभिनय  देख्न सकिन्छ । चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ । एभरेष्ट चल्चित्र बुटवलको भ्यू सिनेमाज ले थ्री डि भर्सन मा दिन को ४ सो नै  प्रदर्शन मा आउने जानकारी प्रेम प्रकाश श्रेष्ठले दिनु भएको छ  ।