चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।

असोज, काठमाण्डौ
नेपाली पप तथा पाश्र्व गायिका आस्था राउत अहिले लस एन्जल्स क्यालीफोर्नीयामा छन् । उनी कार्यक्रमको शिशिलामा त्यहाँ पुगेकी हुन् । जुन कुरा हामीले उनको फेसबुकबाट थाहा पाएका हौँ । आफ्नो फेसबुक पेजमा उनले नेपालमा सविंधान आएकोमा त्यहिँबाट खुशि व्यक्त गरेकी छिन् ।

विदेशमा भएपनि नेपालीलाई कति चिन्ता रैछ नेपालीको ? जय नेपाल जय नेपाली भन्दै लेखेकी छिन् ।आफ्नो जोडदार स्टेज प्रस्तुती र दमदार आवाजबाट सबैको मन जितेकी आस्था कार्यक्रमका लागि धेरै देशहरुमा पुगिसकेकी छिन् ।

नयाँ नयाँ ठाउँमा पुगेपछि नयाँ नयाँ स्टाईलमा मुस्काउँदै खिचिएका तस्वीर उनले फेसबुकमार्फत सार्वजनिक गर्छिन । कान्तिपुर सिटी कलेजकी बिद्यार्थी आस्था, गायन क्षेत्रमा लागेपछि एकाएक चर्चामा आईन् । 

व्यवसायिक गायिका बन्दै गएपछि स्टेज कार्यक्रमहरुमा पनि उनको माग बढीरहेको छ । आस्था कलेज पनि नियमीत जान नभ्याउने भइसकेकी छिन् । 

 

गायिका आस्थाको आवाज मिठो सबैलाई थाहा छ, तर उनि सुन्दर पनि छन् भन्ने कुराचाहि धेरैलाई थाहा नहुन पनि सक्छ । आस्थाको अनुहारमा चमक भने उनको मुस्कानले ल्याईदिएको छ । उनि आफ्नो हरेक तस्वीरमा मुस्काएकी हुन्छीन् । यसले के पनि सकेेंत गर्छ भने आस्था आफ्नो जिवनमा निकै खुसी छन् ।