'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

 

 

 

 

 

 

 

 

सुरज सुब्बा ‘नाल्बो’को निर्देशन रहेको चलचित्र रातो घरको ‘झक्कास झापाली’ बोलको आइटम नम्बर सार्वजनिक भएको छ। महेश खड्काको शब्द संगीत रहेको यस गीतलाई शशि रावलको गायकी हुन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । गीतमा माला लिम्बुले कम्मर मर्काएकी छिन् । गीतमा नेगेटिभ चरित्रमा जम्दै गरेका नयाँ कलाकार अनुराग मान सिंह कुवँरलाई पनि देख्न सकिन्छ । ‘रातो घर’लाई निकेश लिम्बुको ,वील्सन विक्रम राई र सुरज सुब्बाले मिलेर निर्माण गरेका हुन् । रातो घरमा वील्सन विक्रम राई , संयम पुरी र गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।