अहिलेका चर्चित लोक गायक पशुपति शर्र्मा केही समयका लागि गीत गाउनबाट बञ्चित भएका छन ।
गत बर्ष जस्तै अहिले पनि उनको घाँटीमा समस्या देखिएकाले उनले केही समय स्टुडियो देखि स्टेजसम्म गीत नगाउने भएका हुन ।
डाक्टर हरुका अनुसार उनी दशै अघि अथवा अझै १५ दिन गाउन त के बोल्न पनि कम गर्नु पर्ने छ ।
उनले यो कुरा आफ्नो फेसवुक स्टाटसमा समेत उल्लेख गरेका छन् । उनले भनेका छन धेरै कार्यक्रमका लागि बचन दिएको छु ।
तर जान नसक्ने भए ।साथीभाईहरुले यो समस्या बुझिदिन उनको आग्रह छ । गत बर्ष पनि शर्मा यही समस्याले ग्रसित थिए ।
शर्माको शिघ्र स्वास्थ्य लाभको कामना ।