"स्वार्थी रैछ तिम्रो माया" को म्युजिक भिडियो सार्वजनिक

 सञ्चारकर्मी आकाश पन्थको पहिलो आधुनिक एल्बम ुउनको यादु मा समावेश ुस्वार्थी रैछ तिम्रो मायाु बोलको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । उक्त एल्बममा समावेश गीतमा आकाश र कल्पना प्रभाकर को संयुक्त शब्द रचना र हेमन्त शिशिरको संगित रहेको छ । विगत लामो समय देखि सञ्चार क्षेत्रमा क्रियाशील आकाशको यो पहिलो एल्बम रहेको छ । यस गीतमा भने सुमधुर आवाज भने चर्चित गायीका आकांक्षा बस्यालले दिएकी छिन् ।रुपन्देहीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीतको भिडीयोलाई विष्णु भट्टराईले सम्पादन र निर्देशन गरेका छन् भने अभिनयमा हामीले सागर खनाल, आकाश पन्थ, दीप्सा पराजुली र टीका सेन्चुरीलाई देख्न सकिन्छ । त्यस्तै यस भिडीयोलाई छायांकन भने दिनेश डी।सी।ले गरका छन् । यस भिडीयोमा मायामा भएको घातलाई कथामा उतारिएको छ ।यस गीतको को भिडीयोलाई  पोष्ट प्रोडक्सन् भने अबिरल फिल्मस् प्रालिबाट गरिएको छ ।