बुटवलमा एउटै कार्यक्रममा ३ सय जनाले गरे रक्तदान

बुटवल असोज १८ ।

बुटवलमा सोमबार ३० क्लवले संयुक्त रुपमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ३ सय यूनिट रगत संकलन भएको छ ।नचबलम दयियम मयलबतष्यल या वयष्लत यिष्लक

निस्वार्थ भावले सेवा गरौं भन्ने मुल नाराकासाथ रक्तदान प्रति उत्प्रेरणा जगाउन यस क्षेत्रमा रहेका लायन्स, लायनेस तथा लियो क्लवले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम गरेका हुन् ।

लायन्स डिष्ट्रिक ३२५ बि २ को आह्वान तथा लायन्स क्लव अफ बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पास्ट डिष्ट्रिक गभर्नर अरुणप्रताव राणा, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुबबहादुर खड्काले रक्तदान मानिसको जीवन संग जोडिएको सेवाभाव काम भएकाले सबैले सहयोग र निरन्तर रक्तदान गर्न सके सबैकालागि राम्रो हुने बताउनुभयो ।

लायन्स क्लव अफ बुटवलका अध्यक्ष कदरबहादुर रायमाझीको अध्यक्षता र सचिव लोकप्रसाद खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।