बेलहियामा सर्वसाधारणमाथि पनि आक्रमण, डिएसपीसहित १२ प्रहरी घाइते

रुपन्देही, असोज २०-रुपन्देहीको बेलहियामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकता सर्वसाधारणमाथि आक्रमणमा उत्रिएका छन् ।

प्रदर्शनकारीले कुटपिट गरेर २ जनालाई घाइते बनाएका छन् । घाइते मध्ये भलवारीका कृष्णबहादुर क्षेत्रीको शरिरमा धारिलो हतियार प्रहार भएको र हातसमेत काटेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

क्षेत्रीलाई प्रदर्शनकारीले भारतीय भूमिमा कुटपिट गरी १० गजामा ल्याएर फ्याकिदिएका थिए । त्यसपछि ती युवकलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । अर्का एक युवकलाई भने प्रदर्शनकारीले डुंगा हानेर घाइते बनाएका हुन् । 

यस्तै प्रदर्शनकारीले भारतीय भूमिबाट हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्कासहित १२ जना घाइते भएका छन् ।