सस्ताे दशैैं बजार गर्न बुटवल उद्याेग बाणिज्य संघ पुग्नाेस्

दशैंका अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज मंगलवारदेखि बुटवलमा हुने सस्तो दशैं बजार सुरु भएको छ । dashain bazar bucci

संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३२ वटा स्टल राखिएको छ ।

दशैं बजारको रुपन्देहीका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गर्नु भएको छ ।

त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले हरेक नेपालीमा अव राष्टियताको भावना जागृत हुनुपर्नेमा जोड दिदै राष्टियता बलियो बनाउन र मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशि उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

मुलुकको असहज परिस्थितिमा पनि संघले गुणस्तरीय बस्तु र सस्तो मुल्यको प्रतिबद्धता सहितको दशैं बजार सञचालन गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको दशैं बजार उदघाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत धु्रब बहादुर खड्का,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी, संघका पुर्व अध्यक्ष निर्मल लाकौल, निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, महासचिव हरि अर्याल, बजार संयोजक बिमलराज भट्टराई, रोटरीका सहायक गर्भनर कृष्ण अर्याल लगायतले बोल्नु भएको थियो ।

संघले हरेक बर्ष बिजया दशमीको अवसरमा दैनिक उपभोग्य बस्तु, लत्ता कपडा सहितका बिभिन्न बस्तुहरु रहने गरी सस्तो बजार सञ्चालन गर्दै आएको छ ।

यस बर्षको दशैं बजारमा पनि मत्स्य बिकास केन्द्र, साल्ट टेडिगं, दुग्ध बितरण सस्थान सहित बिभिन्न औद्योगिक प्रतिष्ठानका माछा, मासु, ध्यु, तेल, नुन, चिनि सहितका खाद्यान्न लत्ताकपडा तथा नेपाल राष्ट बैकबाट नयाँ नोटको व्यवस्था गरेको छ ।  अहिले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको अवस्थामा बिकेट र चुल्होको बिक्रि बितरणको व्यवस्था गरीएको छ ।