दिपावली महोत्सव

 

विकास गौतम। बुटवल २२ कातिक,लियो क्लव अफ बुटवल खस्यौली युथले आगामी कातिक २४ गते देखी बुटवलको अमरपथमा आठौ दिपावली महोत्सव गर्ने भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवलको अमरपथमा दिपावली महोत्सव मनाउन लागीएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष सितल ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले नेपालीहरुको महान पर्व तिहारको अवसरपारेर अमरपथमा तिन दिन सम्म दिपावली महोत्सव मनाउने निर्णय गरेको हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि महोत्सव गर्न लागीएको क्ल्वका अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो । आगामी कातिक २४ गतेदखी २६ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय एव स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लवले जनाएको छ । क्लवले दिपावली महोत्सव सफल पार्न क्लवका कोषाध्यक्षको लियो मोती न्यौपाने मोहनको संयोजकत्वमा महोत्सव उपसमिती गठन गरेको छ । महोत्सव भर विभिन्न सास्कृतीक कार्यक्रमका साथमा युवाहरुको लोकप्रिय खेल हाउजिङ्ग विङ्गो तम्बोला पनि खेलाइने क्लवमा प्रथम उपाध्यक्ष सुदिप बेलबासेले जानकारी दिनु भयो । बेठक क्लवका सचिव मनोज पन्थको संचालनमा भएको थियो ।