रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या , हत्यामा संलग्न हरि प्रहरी नियन्त्रणमा

रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या भएकाे छ  । सुर्यपुरा-५ रुपन्देहीका कृष्णबहादुर दमैकी ७ बर्षिया छाेरी  एन्जल दर्जी [नेपाली ]काे  हत्या भएकाे हाे ।

 

हत्यामा संलग्न सुर्यपुरा-५ सिसौघारी, रुपन्देही निवासी २१ बर्षका  हरि खत्री प्रहरी नियन्त्रणमा छन् ।  ७ कक्षा श्रृजना कल्याण नि.मा.बि.मा पढ्ने खत्रीले भोला भन्ने व्यक्तीको  ट्याक्टर चालककाे रुपमा काम गर्दथे ।

 

उनका बाबु  अर्जुन खत्री कतारमा सवारी चलाउने गर्दछन् । हत्या गरिएकी एन्जल नेपालीको हरिकाे छिमेकी हुन् ।

 

हत्यामा संलग्न हरिले प्रहरीलाइ दिएकाे बयानमा भनेका छन् —‘ एन्जल नेपाली सधै मेरो घरमा टि.भि हेर्न आउने गर्थिन् मलाई उक्त कुरा मन परेको थिएन मंसिर २ गते गाउंमा पिकनिक थियाे ,पिकनिकमा मैले मादक पदार्थ सेवन गरे अनि बेलुका ७ बजेतिर नजिकैको सिसौघारीमा जान भनें र पछि म पनि उक्त जंगलमा गई निजलाई घांटी थिची मारेकाे हुँ ।’

 

उनले मारेपछि एन्जललाइ नजिकको पुरानो खाल्डोमा पुरी डिहेको बताएका छन् ।

 

प्रहरीले उनलाइ शंका गरी पक्राउ गरेपछि  पुरेको स्थानमा लगेर  हरिले नै लाश देखाएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले नागरिक अावाजलाइ बताए ।

 

अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवारी हुने उनले बताए ।

श्रोत : नागरिक आवाज