जन्मिँदै डाक्टर बनेका माओवादी सभासद को हुन् ?

बुटवल, असोज  २।

एउटा अचम्म लाग्दो  नागरिकता फेला परेको छ । त्यो पनि सभाषदको । जन्मदै डाक्टर बनेका सभाषद संसारकै उनीमात्र एकजना हुनुपर्छ ।

 

तर नेपाल यस्तो देश हो जहाँ अब पैसो पेलिदिएपछि, आफन्त भएपछि नेपाली नागरिकतामै जेपनि लेख्न सकिन्छ भन्ने उदाहरण माओवादी सभासदको नागरिकताबाट प्रष्ट भएको  छ  ।

नेपालमा कम्तिमा १६ वर्ष नपुगी नेपाली नागरिकता बन्दैन । मोटामोटी  १६ वर्षमा पढ्न सकिने भनेको प्रवेशिका ९एसएलसी० सम्म मात्रै हो ।

 

माओवादीले हालसालै नियुक्त गरेका बिवादास्पद सभासद ल्हारक्याल लामाको यो नागरिकता हेर्नुस् त । नागरिकतामै डा। ल्हारक्याल लामा भन्ने उल्लेख छ ।

 

सिन्धुपाल्चोकको हेलम्बु ६ उनको स्थायी बसोबास देखिन्छ नागरिकतामा । उनको नागरिकतामा २०२१ साल मंसिर १३ गते जन्ममिति उल्लेख छ ।  उनको  नाप्रन ४८र ६३७९८ रहेको छ ।

 

नागरिकता लिँदा  नै प्रा।डा, पत्रकार, डाक्टर, इन्जिनियर भनेर लेख्न मिल्दैन । सक्कली नागरिकता हराएर प्रतिलिपी लिएको हो भनेपनि त्यसमा सच्याउन मिल्दैन ।

 

तर ल्हारक्याल लामालाई यस्ता नियमले छोएन । छुन्न ।  किनभने उनी शक्तिशाली पार्टीका हालसालै नियुक्त सभासद हुन् १ उनको यस्तो नागरिकताका बारेमा प्रश्न गरे आन्दोलन् नहोला भन्न सकिदैन । ।