स्वास्थ्य शिवीर सम्पन्न

मर्सि सिटी हस्पिटल प्रा.ली बुटवलले ले १ दिने निशुल्क स्वास्थ्य परिक्षण शिवीर सम्पन्न गरेको छ ।

हस्पिटलले प्युठान जिल्लाको विकट गाविसको रुपमा मनिने बागदुला भन्ने स्थानमा गएर १ दिने निशुल्क स्वास्थय शिविर संचालन गरेको हो ।

मर्सि सिटी हस्पिटल  प्रा.लीका जनसम्पर्क अधिकृत मनोज पन्थको संयोजकत्वमा गएको स्वास्थय विशेषज्ञको टोलीले सो क्षेत्रका झण्डै २०० जना भन्दा बढी स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिवीरमा हस्पिटलका बरिष्ठ सर्जन राजु लिम्बु, स्त्री रोग विशेषज्ञ ज्योती राना लिम्बु, हाड जोर्नी विशेषज्ञ डा राज कृष्ण श्रेष्ठ, जनरल फिजिसियन डा संजय कुमार साह लगायतले सो स्थानमा स्वास्थय परिक्षण गर्नु भएको थियो ।

स्वास्थय शिविरमा बृद्धहरुले स्वास्थय परिक्षण गराएका थिए । सो क्षेत्रमा पत्थरी सम्बन्धी समस्याका विरामीहरु बढी रहेको पाइएको डा राजु लिम्बुले बताउनु भयो । देशको वर्तमान अवस्थामा विकट स्थानका मानिसहरुमा सरल रुपमा स्वास्थ्य सेवाको पहुच पुग्न अझ कठिन हुने भएकोले सो स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको संयोजक मनोज पन्तले जानकारी दिनु भयो ।