प्रधानमन्त्री ओलीको स्वागतमा २७ वटा गाडीको लर्को

२०७२ पुष १५ गते 

, बिराटनगर । भारतीय नाकाबन्दी अझै हटेको छैन र, देशभर नै इन्धनको अभाव कायमै छ । तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर विमानस्थल उत्रँदा भने उनलाई स्वागत गर्ने जानेहरुको गाडीको लाइन नै लाग्यो ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने क्रममा विराटनगर विमानस्थलमा उत्रिएका थिए । उनको स्वागतमा सुरक्षा निकायका साथै सरकारी कार्यालयका प्रमुखहरुसहितका २७ वटा सवारी विमानस्थल पुगेका थिए ।

 

विराटनगर विमानस्थलको भीआइपी कक्षदेखि विमानस्थल सुरक्षार्थ रहेको नेपाली सेनाको गणको मुखयद्धारसम्म सवारी साधानको लर्को देखिन्थ्यो ।

गाडीहरुलाई एक लाइनमा राखिएकबो थियो । तर, अटाउन नसकेपछि कतिपय सरकारी अधिकारीको सवारी साधान विमानस्थलको पाकिङमा समेत राखिएको भेटियो ।

विराटनगर विमानस्थलवाट प्रधानमन्त्री निस्किपछि सवारी साधानको लर्को उनी बास वस्ने स्थान सुनसरीको इटहरीस्थित सशस्त्र प्रहरीको पुर्वी मुख्यालयसम्म पुगेको छ ।