वाणगंगा ट्रक समितीको साधारण सभा चैत्र २७ गते हुने|

चैत २२ बुटवल | बिकास गौतम 

बाणगंगा यातायात ब्यवसायी समिति बाणगंगा बैरियाको ११ औ बार्षिक साधारण सभा यही चैत्र २७ गते शनिवार हुने भएको छ । गत मङसिर महिनामा गर्ने भनिएको साधारण सभा नाकाबन्दी लगायतका कारणले गर्दा हुन नसके पछि यही चैत्र २७ गते गर्ने कार्य समितीको बैठकले निर्णय गरेको छ ।

देश भरीका झण्डै चार सय भन्दा बढि यातायात व्यवसायीहरु आवद्ध रहेको यस समितिकोे साधारण सभालाई ब्यवसायीहरुले निकै महत्वका साथ हेरेका छन् ।

साधारण सभाको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले उद्घाटन गर्ने समितीका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेले समितीको नेतृत्व सम्हालेपछि पहिलो पटक हुन लागेको साधारण सभालाई यस क्षेत्रका यातायात व्यवसायीहरुले निकै चाखका रुपमा हेरेका छन् ।

साधारण सभाको मिती नजिकिन एक साता माात्र बाकी रहदा सभाको तयारी तिव्र गतिमा अगाडी बढेको वाणगंगा ट्रक यातायात व्यवसायी समितीका महासचिव लक्ष्मण भुषालले बताए । उनले साधारण सभामा सस्थाको सस्थागत बिकासका लागी सबै ब्यवसायीलाई उपस्थित भई ब्यवसायीक कर्तब्य निर्वाह गर्न समेत ब्यवसायीहरुलाई आग्रह गरेका छन ।

ट्रक र टिप्पर व्यवसायीहरुको आवद्धता रहेको यस समितिमा ६ सय बढि सवारी साधन दर्ता रहेको समितिका कार्यालय प्रमुख माधव प्रसाद न्यौपानेले जानकारी दिएका छन ।