खेलकुद मन्त्रीलाइ कारबाहि गर्न अख्तियारले पठायाे प्रधानमन्त्रीलाइ पत्र

 भदौ २६

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा केशवकुमार विष्टलाई पदीय दुरुपयोग गरी गरेको नियुक्ति दिएको भन्दै कारबाही लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ

 

 

अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०१४ को सेप्टेम्बर र अक्टोबरमा दक्षिण कोरियाको ईन्चोनमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा ४ व्यक्तिलाई १५ लाख रुपैयाँ लिएर कोरियामै भगाएको अभियोग लागेका विष्टलाई सदस्य सचिव बनाउने काम भएको पाइएको बताइएको छ ।

 

यही आरोपका कारण विष्टलाई सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएकामा १० असार खेलकुद मन्त्रीको निजी सचिवालयको लेटरप्याडमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा गैरकानुनीरुपमा नियुक्त गरेको भन्दै छानबिनका लागि माग भएअनुरुप आयोगले छानबिन गर्दा विष्ट र पौडेल दोषी देखिएको पाइएको छ ।

 

विष्टले १७ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीमध्ये उसु, एथलेटिक्स र सेपाक ताक्रो खेलमा सहभागी खेलाडी, खेल प्रशिक्षक तथा टिम व्यवस्थापकको लापर्बाही एवं गैर जिम्मेवारीका कारण भागी पलायन भएको सन्दर्भमा संलग्न खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा सम्बन्धित खेल संघलाई कारबाहीका निमित्त मन्त्री पौडेलकै अध्यक्षतामा कार्य सम्पादन तथा व्यवस्थापन समितिको बैठक २ कात्तिक ०७१मा बसेको र त्यही बैठकले तत्कालीन व्यवस्थापक विष्टलाई १ वर्ष विभागीय कारबाही गर्न सिफारिस गर्ने निर्णय भएको पाइएको थियो ।

 

यिनै विष्टलाई सदस्य सचिव नियुक्ति गर्नु गैरकानुनी, जानिजानी प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्यले प्रयोग गरी बदनियत साथ स्वेच्छाचारी बनेर पदको प्रकृतिअनुसार पालना गर्नुपर्ने पदीय कर्तव्य पालना नगरेको भन्दै अख्तियारले आयोग ऐन–०४८ को दफा ३ को खण्ड (ग), (घ) र (छ) अनुसारको अनुचित कार्य गरेको पुष्टि भएको बताएको छ ।

स्रोत :नागरिकआवज