अन्तर मिडियाकप फुटसलमा खस्यौली एफ एम को बिजयी सुरुवात

२७ । आइतबार 

सबल नेपाल राष्ट्रिय साप्ताहिकको आयोजनामा आइतबारबाट बुटवलमा प्रथम सबल नेपाल अन्तर मिडियाकप फुटसल प्रतीयोगीता शुरु भएको छ । प्रतीयोगीताको उद्घाटन खेलमा रेडियो मलमला मुर्गिया ,बुटवल टुडे राष्ट्रिय दैनिक बुटवल, खस्यौली एफ.एम.बुद्ध सामुदायीक टेलिभिजन, र आयोजक सबल नेपाल राष्ट्रिय साप्ताहिक बिजयी भएका छन । उद्घाटनको पहिलो खेलमा दैनीक पत्र बुटवललाइ रेडियो मलमलाले १०–३ ले पराजीत गरेको छ । त्यस्तै बुटवल टुडेले रेडियो रिपब्लिकलाइ ७–०,बुद्ध टेलिभिजनले तिनाउ एफ.एमलाइ ६–२ गोल अन्तरले पराजीत गरेका छन् । यसैगरी खस्यौली एफ.एमले बुटवल एफ.एमलाइ ८–३ ले पराजीत गरेको छ भने आयोजक सबल नेपाल राष्ट्रिय साप्ताहिकले रेडियो जागरण बुटवललाइ ६–३ ले पराजीत गरेको छ । प्रतीयोगीता अन्र्तरगत भोली सेमिफाइन र फाइनल खेल हुने कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो । यसैबिच उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेलकुद पत्रकार मन्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारीले मिडिया हाउसका बिचमा यस्ता प्रतीयोगीता सन्चालन गर्दा सन्चारकर्मिहरु बिच खेलकुद पत्रकारीतामा थप रुचि जाग्ने बताए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाइ,नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय सदस्य हरि लम्साल,पत्रकार महासघं रुपन्देहिका कार्यबाहक अध्यक्ष यानेन्द्र जिसी , एभिन्युज टिभिका ब्युरो प्रमुख दामोदर खनाल, प्रेस युनियन रुपन्देहिका अध्यक्ष बिक्रम खड्का लगायतले बोल्नुभएको थियो । सबल नेपालका प्रधानसम्पादक अमृत पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सन्जु पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य खेल संयोजक दिपक न्यौपानेले गर्नुभएको थियो । प्रतीयोगीताको बिजयी टिमलाइ भोली नै एक समारोहका बिचमा पुरस्कार बितरण गरिने संयोजक न्यौपानेले बताए ।