प्रथम सबल नेपाल फुटसलको उपाधी खस्यौली एफ एमले चुम्यो

बुटवल, २९ भदौ

सवल नेपाल साप्ताहिककाे अायाेजनामा भएकाे प्रथम सबल नेपाल अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खस्यौली एफ.एम. बुटवलले चुमेकाे  छ ।

सोमबार राती अवेर सम्पन्न फाइनल खेलमा खस्यौली एफ एमले बुटवल टुडे राष्ट्रिय दैनिकलाइ पराजीत गरेको हो । खस्यौलीको जितमा कृष्ण न्यौपाने एक्लैले ४ गोल गरेका थिए ।

बिजयी टोली खस्यौली एफ.एम र उपबिजेतामा चित्त बुझाएको बुटवल टुडे राष्ट्रिय दैनीकलाइ एक समारोहका बिच शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै मिडियाकप फुटसलमा रेडियो मलमलाले भने तेस्रो स्थान हात पारेको छ । प्रतियोगीताको उत्कृष्ट खेलाडी खस्यौलीका कृष्ण न्यौपाने घोषीत भए ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथी खेलकुद पत्रकार मन्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले मिडियाकप सफल भएकोमा धन्यबाद दिदै यस्ता कार्यक्रम मिडियाहाउसका बिचमा समयसमयमा भैरहनुपर्ने बताए ।

कार्यक्रममा बिजयी टिमलाइ जिल्ला फुटबल सघं रुपन्देहिका अध्यक्ष कुमार केसी,एभिन्युज टेलिभिजनका ब्यूरो प्रमुख तथा बिजनेश खबर पाक्षीकका प्रधानसम्पादक दामोदर खनाल,पत्रकार गुरुदत्त ज्ञवाली ,स्थानीय हिमलाल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए ।

सबल नेपाल साप्ताहिकका प्रधानसम्पादक अमृत पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दिपक न्यौपानेले गरेका थिए ।

यसैबिच आयोजक सबल नेपालले कार्यक्रमबाट बचेको रकमले अक्षयकोष खडा गरि प्रत्येक बर्ष रुपन्देहीका एक पत्रकारलाइ कुनै एक बिधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।