यू-१६ एएफसी छनौट : नेपालद्वारा जोर्डन पराजित

काठमाडौं, भदौ ३० - नेपालले सोह्र वर्ष मुनिको एफसी च्याम्पियनसिप फुटबलको छनौट चरणमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानमा भएको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ ले हरायो ।

नेपालका लागि रेजिन सुब्बा एक्लैले २ गोल गरे । उनले २९ औं र ७० औं मिनेटमा गोल गरेका हुन् । दोश्रो हाफको इन्जुरी समयमा जोर्डनले एक गोल फर्काए ।

लामो समय तयारी गरेर किर्गिस्तान गएको नेपाली टोलीले छनोट चरण पार गर्ने लक्ष्य लिएको छ । नेपालले समूहको दोस्रो खेलमा असोज १ गते आयोजक किर्गिस्तान र अन्तिम खेलमा असोज ३ गते ओमानसँग खेल्नेछ ।