कैलालीले मोरङलाई ५-१ले हरायो

राष्ट्रिय लिग फुटबलमा कैलालीले मोरङलाई ५-१ ले हराएको छ। होम एण्ड अवेका आधारमा हुने खेलको मोरङको डागिहाटमा भएको खेलमा सुदूरपश्चिमको कैलालीले घरेलु टोलीलाई ५-१ले हराएको हो।

कैलालीका लागि लावल, अनन्त तामाङ क्याड्रिक, जानोम लाल लिगल र बिमल घर्तिमगरले गोल गरे।

मोरङका लागि सुनिल खड्काले गोल गरेका थिए।

आजको खेलसँगै कैलाली जारी लिगको अंक तालिकामा पुलिसलाई उछिन्दै छैठौ स्थानमा उक्लिएको छ।

मोरङ भने लिगको आठौं स्थानमा छ।

शीर्ष स्थानमा झापा ११,दोस्रोमा थ्रिस्टार र तेस्रोमा नेपाल आर्मी छन्।