नेपालको लगातार दोस्रो जित: युगान्डाविरुद्ध १७१ रनले विजयी

   

आइसीसी यु-१९ विश्वकप छनोटमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले युगान्डाविरुद्ध फराकिलो जित हात पारेको छ। मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपाल १ सय ७१ रनले विजयी भयो। २४३ रनको लक्ष्य पछ्याएको युगान्डा ३६ ओभर २ बलमा ७१ रन बनाउँदा अलआउट भयो। 

युगान्डालाई सस्तैमा रोक्ने क्रममा नेपालका दिनेश श्रेष्ठले सात ओभरमा ३ विकेट लिए। आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २-२ तथा सुनिल धमालाले १ विकेट लिए। पहिले ब्याटीङ गरेको नेपालले कप्तान राजु रिजालको शतकसँगै  युगान्डालाई २४२ रन जोडेको थियो।

नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन जोडेको हो। रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। आरिफ शेखल ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन जोडे। राजविर सिंहले अविजित १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंक पुर्‍याएनन।

युगान्डाका डेरिक बाकुन्जीले सर्वाधिक ३ विकेट लिए। जितसँगै नेपालले ४ अंक जोडेको छ।