'म्याच फिक्सिङको पैसाले विवाह गरे'

सधैजसो फुर्तिलो र हसिलो अनुहारमा देखिने नेपाल राष्ट्रिय टीमका गोलरक्षक रितेश थापा शुक्रबार उदास र खिन्न मुद्रामा देखिन्थे ।

 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालसँग कुरा गर्दा आफूले जिन्दगीमा ठूलो गल्ती गरेको उनले स्वीकार गरे ।

 

उनी भन्छन् यस्तो गल्ती त कहिले होलाजस्तो पनि सोचेको थिईन। खेल मिलेमतो गरेपछिको पैसा पठाइदिन्थे, लिएँ । कहाँ कसरी आयो भन्ने समेत सोधखोज गरिन, उनी भन्छन् जवानी पैसा चाहिन्थ्यो, जति आउँथ्यो खर्चन्थे ।

 

रकम थोरै तर नियमित आउने गरेको उनले बताए । खातामा करिव ३ हजार डलर पठाइदिएपछि दामासायीले अन्य साथीलाई समेत बााडेको उनले बताए । मैले त्यो पैसाको सुदुपयोग र्न गरेँ, विवाह गरे । कान्तिपुर दैनिकमा समाचार छ ।