सबलले अन्तर मिडियाकप फुटसल प्रतियाेगीता गर्ने

बुटवल,२५ साउन ।

सबल नेपाल राष्ट्रिय साप्ताहिकको आयोजनामा आइतबारबाट बुटवलमा अन्तर मिडियाकप फुटसल प्रतीयोगीता हुने भएको छ 

 

प्रतीयोगीतामा रुपन्देहीका छापा तथा बिधुतिय मिडियाहाउस गरि १२ टिमको सहभागीता रहने प्रतीयोगीताका खेल संयोजक दिपक न्यौपानेले जानकारी दिए ।

 

प्रतीयोगीता लुम्बिनी फुटसल एरिना योगीकुटिमा २ दिनसम्म सन्चालन हुनेछ । प्रतीयोगीताको सम्पुर्ण तयारी पुरा भएको सबल नेपालका प्रधानसम्पादक अमृत पाण्डेले बताए ।

 

अक्षयकोष स्थापनाको लागी रुपन्देहिका बिभिन्न मिडिया हाउसका बिचमा पहिलो पटक फुटसल प्रतीयोगीता आयोजना गर्न लागीएको हो । कार्यक्रमबाट संकलित रकमको ब्याजले प्रत्येक बर्ष रुपन्देहिका एक पत्रकारलाइ कुनै एक बिधाको पत्रकारीता पुरस्कार प्रदान गरिने बताइएको छ ।

 

साथै प्रतीयोगीताको बिजयी टिमलाइ शिल्ड,प्रमाणपत्र सहित सम्मान गरिने छ भने उत्कृष्ट खेलाडीलाइ समेत सम्मान गरिने खेल संयोजक न्यौपानेले बताए । प्रतीयोगीताको उद्घाटन आइतबार बिहान ११ बजे एक कार्यक्रमका बिच हुने छ ।