प्रेम परियारको भावविह्ल पार्ने गीत सार्वजनिक ( भिडियो सहित)

नेपाली चलचित्र ‘नाईँ नभन्नू ल २’ मा गीत गाएर निकै चर्चा कमाएका साना गायक प्रेम परियारको आवाजको जादु अझै पनि नेपाली श्रोताको मनबाट हट्न सकेको छैन् । ‘नाई नभन्नु ल’ ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्ता लोकप्रिय गीत गाएर मनमुटुमा बस्न सफल प्रेमको आवाजमा रहेको अर्काे नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

चलचित्र अकिंचनमा समोबेश भएको मैले कहिले धोईन लुगा बोलको गीतमा उनले आफनो कर्णप्रिय आवाज दिएका छन् । जुन गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीत तथा भिडियोमा शहरको धनाड्य परिवारमा काम गर्ने एक बालिकाले गरेका विभिन्न दुखहरुलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ ।

बसन्त देव श्रेष्ठको लगानी रहेको उक्त चलचित्रलाई परिक्षेद सेन ठकुरीले निर्देशन गरेका हुन् । अकिंचनमा निर शाह, सुमिना घिमिरे, दिलीप रायमाझी र विजय देउजा लगायतका कलाकारहरुले अभिनय रहेको छ ।