‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

असोज २६ काठमाडौं,

आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को ट्रिजर युटुब च्यानल मार्फत सार्बजनिक गरेको हो। युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म ‘चंखे शंखे पंखे’को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा ‘रोमान्टिक लभ स्टोरी’ कथा बोकेको फिल्म ‘प्रेमगीत’को टिजर सार्वजनिक भएको हो। यस बर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरि प्रदर्शन गर्न लागिएको फिल्मलाई सन्तोष सेनले नै निर्माण गरेका हुन्। 

केही समय अघि मात्र प्रदर्शनमा आएको सफल फिल्म ‘चंखे शंखे पंखे’कै निर्देशक सुदर्शन थापाले चलचित्रको निर्देशन गरेका छन्। ५४ मिनेट लामो टिजरमा नायिका पूजा शर्मासंगै नवनायक प्रदिप खड्काको मुख्य अभिनय देखिन्छ। सार्वजनिक टिजरको गीतमा अहिलेका सफल र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। फिल्मको यो गीतमा रेनेशा राईको कोरियोग्राफी छ भने राजेश श्रेष्ठले उत्कृष्ट प्रविधीको प्रयोग गरी छायांकन गरेका हुन्।

फिल्मको गुणस्तरमा कुनै पनि कमी नआउने गरी निर्देशकको चाहना अनुसार अहिलेसम्मकै उत्कृष्ट प्रविधिको प्रयोग गरि फिल्म निर्माण गरेको निर्माता सन्तोष सेन बताउँछन्। फिल्म ‘चंखे शंखे पंखे’को सफल प्रदर्शनपछि हौसिएको निर्माण युनिट फिल्म ‘प्रेमगीत’ मार्फत दर्शकका माझँ आउदा झन् सफल हुनेमा निर्माण पक्ष विश्वस्त समेत देखिएको छ।