पैसाको लोभले सबलाई फनफनी घुमाउँछ: फन्को ट्रेलर रिलिज

सुवर्ण थापा निर्देशित फिल्म ‘फन्को’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रममा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
 कार्यक्रममा फिल्मका कलाकारका तर्फबाट प्रियंका कार्की र अनुप बराल मात्र सहभागी थिए । उनीहरुले फिल्म अर्गानिक र मनोरञ्जनपूर्ण रहेको बताए । फिल्ममा प्रियंका र अनुपका अलावा सौगात मल्ल, दयाहाङ राई, केकी अधिकारीले अभिनय गरेका छन् । अन्य फिल्ममाझैं दयाहाङ र सौगात मल्लको चरित्र भिन्न खाले रहेको ट्रेलरमा देखिन्छ । फिल्म माघ 1 गते रिलिज हुनेछ ।फिल्म माघ एक गते रिलिज हुनेछ ।