बुटवलका होटलवाट १६ जोडी पक्राउ

बुटवल, भदौ २९ -

यौनकार्यमा संलग्न भएको आरोपमा प्रहरीले बुटवलका विभिन्न होटलबाट १६ जोडीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुरानोबसपार्क, इटाभट्टी, गोलपार्कलगायतका ठाउँमा रहेका होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

समाजमा बिकृती फैलाउने गरी यौन कार्य हुने गरेको गुनासो स्थानीयबासिन्दाले गरेपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकांश अबैध यौन व्यवसायमा संलग्न रहेको पाइएको प्रहरीको दावी छ ।