लियो खस्यौली युथ द्वारा अनाथ आश्रममा स्पोर्टस तथा स्टेसनरी सामान बितरण

बुटवल , भाद्र ३१ ,

लियो क्लब अफ खस्यौलि युथ को आयोजना मा यही भाद्र ३० गते तालिका तिज को दिन तिलोत्तमा २० कोटिहवामा अवस्थित नेपाल अभिनास अनाथ आश्रममा स्पोर्टस तथा स्टेस्नरी समान बितरण कार्यक्रम सम्पन्न गरियो । क्लब का सस्थापक अधक्ष्य रमेश अर्याल ले सन्चालन गर्नु भएको कार्यक्रम मा क्लब का अध्य्क्ष सितल ग्यवाली को अधक्ष्यता तथा तिलोत्तमा नगर पालिका का कार्यकारी अधिक्रित कमलराज भण्डारी को प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रम मा लिसु क्लब का अध्यक्ष खेमराज गुरुङ को बिसिस्ठ आतिथ्यता रहेको थियो भने लियो जिल्ला परिषद ३२५ बि२ का सचिब लियो अर्चित श्रेष्ठ, नेपाल अभिनास अनाथ आस्रमका अध्यक्ष कृष्ण ग्यवाली, लायन्स क्लब अफ खस्यौली का अध्यक्ष लायन गोपाल पाण्डे, रिजन ६ का कोर्डिनेटर लियो सरोज कंडेल र ट्रेनिङ पुल मेम्बर लियो सुदिप बेल्बासे को आतिथ्यता रहेको सम्योजक लियो बिशाल पाण्डे ले बताउनु भयो । आश्रम मा रहेका ३० जना बालबालिका लाई १५००० बराबर को बिभिन्न स्टेसनरी समान तथा स्पोर्टस का समान बितरण गरिएको थियो ।