मधेश आन्दोलनमा भारतको सहयोग छैन : उपेन्द्र

२२ असोज , भैरहवा ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको आन्दोलनमा भारतले सहयोग गरेको भन्ने आरोप झुठो भएको बताउनुभएको छ ।upendra
सरकारसंग बिगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गरे तत्काल मधेश आन्दोलन रोकिने उहाँले बताउनु भयो ।
सरकारले मधेशबादी दलसंग गरेको सहमति कार्यान्वयन नगरेकोले बिगत दुई महिना देखि तराई मधेश आन्दोलित रहेको उल्लेख गर्दै सरकारले बार्तालाई परिणाममुखि बनाउन उहाँले आग्रह गर्नु भयो ।

उहाँले मधेशी समुदायले गरेको आन्दोलनका कारण सरकारले भारत संगको सम्बन्ध बिर्गान नहुने बताउदै दुई देशवीचको सम्बन्धलाई बिगतमा जस्तै सुमधुर राख्नु पर्ने बताउनु भयो ।

मधेशी मोर्चाको आन्दोलनका सिलसिलामा रुपन्देही आउनु भएका यादवले संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य वसिउद्धिन खांनको घरमा पत्रकार सम्मेलन गरी नेपालको राजनीतिक सँस्कार भारतबाट भित्रिएको उल्लेख गर्नु भयो । उहाँले भारतसंगको सम्बन्ध चिस्याउन नहुने पनि बताउनु भयो ।

मधेश आन्दोलनलाई भारतले सहयोग गरेको भन्ने कुरा झुठो भएको उल्लेख गर्दै सम्बन्ध बिग्रदा दुवै देशलाई अहित हुने भन्दै सरकारले मधेशका जाजय मागलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नु भयो ।

अध्यक्ष यादवले आफुहरुले सरकार समक्ष ८ बुदे तथा ३५ बुदे कुनै पनि माग नराखेको उल्लेख गर्दै त्यो अफवा भएको बताउनु भयो । उहाले तत्काल सरकारमा जाने नजाने बारे पार्टी भित्र र मोर्चा भित्र कुनै पनि छलफल नभएको उल्लेख गर्नु भयो ।