धनगढी जाँदै गरेको बस दुर्घटना २ को मृत्यु, २५ घाइते

२६ असोज, दाङ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट कैलालीको धनगढी जाँदै गरेको ना ५ ख २६१० नम्वरको बस मंगलबार विहान सवा चार बजेतिर शिवराज नगरपालिका १ दोवाटोमा दुर्घटना भएको हो । दाङ र कपिलवस्तुको सीमानामा भएको दुर्घटनामा बर्दिया पुनर्बास नगरपालिका ३ का ३० वर्षीय शेरबहादुर कुँवर र बर्दियाकै नेउलापुर निवासी मुकुन्द थापाको घटनास्थलमै मृत्यु भएको हो । थापा नेपाली सेना सूर्यदल गणमा कार्यरत थिए ।

तिव्र गतीका कारण बस अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि कपिलवस्तु र रुपन्देहीको बुटवल पठाइएको प्रहरीले जनाएको छ ।