दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कार्तिक १० ,बुटवल ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल १४  कोरिया टेक्निकल कलेज नजिकै  समयमा बसले मोटरसाइकल ठक्कर दिदा मोटसाइकल चालकको मृत्यु भएको छ । 

पश्चिम बाट पुर्वतर्फ जादै गरेको लु १ ख ५९०५ नं। को बसले सोही दिशा तर्फ गइरहेको लु २२ प ९३४६ नम्बरको पलसर मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक तिलोत्तमा १० कलैया बस्ने ३५ बर्षिय ओम प्रसाद चौधरीको मृत्यु भएको हो ।

गम्भिर घाइते चौधरीको उपचार को क्रममा अञ्चल अस्पताल बुटवल मा निधन भएको इलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ । बस इप्रका रन्यौरा को नियन्त्रण मा छ ।