सुनसरीमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ३ जना नेपाली घाइते

सुनसरी, मंसिर ९

– सुनसरीको हरिपुर–७ भन्टाबारीमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ३ जना नेपाली घाइते भएका छन् । सुनसरीसँग सीमा जोडिएको भारतको भिमनगरबाट बिहान तेल ल्याउँदै गर्दा उनीहरुलाई एसएसबीले गोली हानेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोली लागेर स्थानीय ३२ वर्षका मनोज यादव, २५ वर्षका अशोक यादव र ३० वर्षका ललित मगरइता घाइते भएका हुन् । घाइतेहरुको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ ।